शनिबार, वैशाख १५, २०८१
05:09 | ०९:५४

पल शाहलाई हुन सक्छ १० देखि १२ वर्षको जेल सजाय

नेपाली लिङ्क फ्रेब्रवरी २३, २०२२

काठमाडौं ।अभिनेता पल शाहविरुद्ध गायिका समिक्षा अधिकारीले ललाइफकाइ जबरजस्ती करणी गरेको आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छन् ।  

समिक्षाका बाबुले बुधबार जिल्ला प्रहरी कार्यालय तनहुँमा दर्ता गरेको किटानी जाहेरीमा नाबालिग युवतीलाई ललाइफकाइ जबरजस्ती करणी गरेको आरोप लगाइएको छ ।  

नेपालको कानूनले नाबालिगसँग शारीरिक सम्बन्ध राख्ने पुरुषलाई कडा सजायको व्यवस्था गरेको छ । मुलुकी अपराध संहिता २०७४ अनुसार १८ वर्षभन्दा कम उमेरको बालिका/किशोरीसँग सहमतिमै भएको यौन सम्बन्ध पनि जबर्जस्ती करणी मानिन्छ ।

मुलुकी अपराध संहिता २०७४ को दफा २१९ मा करणी भएको मानिने अवस्था र सजाय सम्बन्धी व्यवस्था छ । उक्त दफाको उपदफा २ मा भनिएको छ, ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि अठार वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिने छ ।’

१६ देखि १८ वर्ष उमेरकी बालिकासँग यौन सम्बन्ध राखेमा १० देखि १२ वर्षसम्म जेल सजाय हुन सक्ने मुलुकी अपराध संहितामा उल्लेख छ।

यो पनि पढौं: पलविरुद्ध प्रहरीमा समिक्षाको उजुरी: नाबालिगलाई जबरजस्ती करणीको आरोप

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू