शनिबार, वैशाख १५, २०८१
06:12 | १०:५७

नेपालसामु युएईको १ सय ७६ रनको चुनौति

नेपाली लिङ्क फ्रेब्रवरी २२, २०२२

काठमाडौँ । ओमानमा जारी आईसीसी टी-२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनलमा नेपालले युनाइटेड अरब इमिरेट्स (यूएई) बाट १ सय ७६ रनको विशाल लक्ष्य पाएको छ ।

टस जितेर पहिलो ब्याटिङ गरेको युएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७५ रन बनायो ।  नेपालका लागि जितेन्द्र मुखिया र अभिनास बोहोराले सर्वाधिक तीन-तीन विकेट लिए भने कप्तान सन्दिप लामिछानेले एक विकेट लिए ।  

दोस्रो ओभरमैपहिलो विकेट लिएर गतिलो सुरुवात गरेको नेपालले गति समाउन सकेन र बलरहरु खर्चिलो भए ।  

यो खेलमा युएईलाई हराउन सके नेपाल यही वर्ष अष्ट्रेलियामा आयोजना हुने टी- ट्वान्टी विश्वकप खेल्न पाउनेछ । यसअघि  सन् २०१४ मा बंगलादेशमा सम्पन्न टी- ट्वान्टी विश्वकप नै नेपालले खेलेको पहिलो र अन्तिम विश्वकप हो ।  

पछिल्लो खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेको नेपाल समूह बीको विजेता हुँदै सेमिफाइनल प्रवेश गरेको थियो । यूएई भने समूह एको उपविजेता हुँदै सेमिफाइनल प्रवेश गरेको हो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू