आइतबार, जेठ ५, २०८२
11:01 | १५:४६

सेना परिचालनको कारण दिन रुससँग युक्रेनको माग

रासस-एएनआई फ्रेब्रवरी १४, २०२२

किभ युक्रेन, २ फागुन–युक्रेनी विदेशमन्त्री दिमिट्रो कुलेबाले आइतबार रुसलाई आफ्नो सिमानामा मस्कोको सैन्य निर्माणबारे छलफल गर्न अर्को ४८ घण्टाभित्र बैठक बोलाउन आह्वान गरेका छन्।

ट्वीटरमा युक्रेनका विदेशमन्त्री दिमिट्रो कुलेबाले रुसले भियना कागजात अन्तर्गत कीभको अनुरोधलाई जवाफ दिन असफल भएको पनि बताएका छन् ।

‘हामी रुस र सबै सहभागी राष्ट्रहरूसँग यसको सुदृढीकरणबारे छलफल गर्न ४८ घण्टाभित्र बैठक बस्न अनुरोध गर्छौं’, उनले भनेका छन् ।

उनले पछिल्ला केही महिनामा पश्चिम र युक्रेनले रसियालाई ‘आक्रमण’ को कथित तयारीमा युक्रेनी सीमा नजिकै सेना निर्माण गरेको आरोप पनि लगाएका छन्।
मस्कोले यी आरोपहरूलाई अस्वीकार गर्दै आएको छ र बारम्बार भनिरहेको छ यसले कसैलाई धम्की दिएको छैन । तर, रूसी सिमाना नजिक नेटोको सैन्य गतिविधिबारे भने कडा चिन्ता व्यक्त गरेको छ ।

रुसले नेटोको यस्ता गतिविधिलाई आफ्नो राष्ट्रिय सुरक्षाका लागि खतरा मानेको छ । अर्कोतिर मस्कोले पनि रुसलाई आफ्नो राष्ट्रिय क्षेत्रभित्र सेना सार्ने अधिकार रहेको बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू