सोमबार, २३ नोभेम्बर, २०२६
15:21 | २१:०६

बेलायतमा स्तन क्यान्सर स्क्रिनिङमा एआईको प्रयोग शुरु, विश्वको ठूलो परीक्षण

नेपाली लिङ्क नोभेम्बर २३, २०२६

लन्डन। बेलायतमा स्तन क्यान्सर स्क्रिनिङ परीक्षणका लागि विश्वको ठूलो एआई  प्रयोग शुरु गरिने भएको छ । बेलायतभरका करिब सात लाख महिलालाई स्तन क्यान्सर स्क्रिनिङमा एआईको प्रयोगबारे विश्वकै ठूलो परीक्षणमा सहभागी हुन आग्रह गरिँदै छ।

बेलायतभरका ३० केन्द्रमध्ये क्याम्ब्रिज युनिभर्सिटी हस्पिटल्सबाट भर्ना शुरु भइसकेको छ। ‘इडिथ’ परीक्षणमा म्यामोग्राम जाँच्ने दुई विशेषज्ञमध्ये एकको ठाउँमा एआई राखिनेछ। यसले क्यान्सर चाँडै पहिचान गर्न र कर्मचारीको चाप घटाउन सहयोग पुग्ने अपेक्षा छ।

बेलायतमा ५०–७१ वर्षका महिलाको हरेक तीन वर्षमा स्क्रिनिङ हुन्छ; वार्षिक २० लाखभन्दा बढी सहभागी हुन्छन्। अहिले दुई विशेषज्ञले प्रत्येक म्यामोग्राम हेर्छन्, तर परीक्षणमा एकको ठाउँमा एआई प्रयोग गरिनेछ।

अनुसन्धानकर्ताका अनुसार एआईले पहिचान दर सुधार्न सक्छ, तर अनावश्यक पुनःजाँचतर्फ नडोर्याउने पुष्टि गर्न बाँकी छ। वारविक विश्वविद्यालयका प्राध्यापक सियान टेलर-फिलिप्सले कहिल्यै लक्षण नदेखिने हल्का प्रकारको अतिनिदानबाट जोगिनुपर्ने बताइन्।

बेलायतमा वर्षेनि करिब ५९ हजार स्तन क्यान्सर पहिचान हुन्छ; करिब एक तिहाइ नियमित म्यामोग्रामबाटै शुरुवाती चरणमा भेटिन्छ। स्क्रिनिङले वर्षेनि करिब एक हजार तीन सय मृत्यु रोक्ने अनुमान छ।

बेलायतभरका करिब सात लाख महिलालाई स्तन क्यान्सर स्क्रिनिङमा एआईको प्रयोगबारे विश्वकै ठूलो परीक्षणमा सहभागी हुन आग्रह गरिँदै छ।

‘इडिथ’ परीक्षणमा म्यामोग्राम जाँच्ने दुई विशेषज्ञमध्ये एकको ठाउँमा एआई राखिनेछ। यसले क्यान्सर चाँडै पहिचान गर्न र कर्मचारीको चाप घटाउन सहयोग पुग्ने अपेक्षा छ। बेलायतभरका ३० केन्द्रमध्ये क्याम्ब्रिज युनिभर्सिटी हस्पिटल्सबाट भर्ना सुरु भइसकेको छ।

बेलायतमा ५०–७१ वर्षका महिलाको हरेक तीन वर्षमा स्क्रिनिङ हुन्छ; वार्षिक २० लाखभन्दा बढी सहभागी हुन्छन्। अहिले दुई विशेषज्ञले प्रत्येक म्यामोग्राम हेर्छन्, तर परीक्षणमा एकको ठाउँमा एआई प्रयोग गरिनेछ।

अनुसन्धानकर्ताका अनुसार एआईले पहिचान दर सुधार्न सक्छ, तर अनावश्यक पुनःजाँचतर्फ नडोर्याउने पुष्टि गर्न बाँकी छ। वारविक विश्वविद्यालयका प्राध्यापक सियान टेलर-फिलिप्सले कहिल्यै लक्षण नदेखिने हल्का प्रकारको अतिनिदानबाट जोगिनुपर्ने बताइन्।

बेलायतमा वर्षेनि करिब ५९ हजार स्तन क्यान्सर पहिचान हुन्छ; करिब एक तिहाइ नियमित म्यामोग्रामबाटै सुरुवाती चरणमा भेटिन्छ। स्क्रिनिङले वर्षेनि करिब एक हजार तीन सय मृत्यु रोक्ने अनुमान छ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू