आइतबार, जेठ ५, २०८२
13:57 | १८:४२

एनआरएनए जापान मानसिक स्वास्थ्य संवाद गर्दै

नेपाली लिङ्क फ्रेब्रवरी ९, २०२२

लन्डन । गैर आवासीय नेपाली संघ क्युस्यु क्षेत्रीय समिति जापानले ‘मानसिक स्वास्थ्य सचेतना’ कार्यक्रम गर्ने भएको छ ।

गैर आवासीय नेपाली संघ ग्लोबल हेल्थ कमिटीको सहकार्यमा फेब्रुअरी १२ तारिख शनिबार कार्यक्रम हुन लागेको गैर आवासीय नेपाली संघ अन्तर्गतको हेल्थ कमिटीका संयोजक डा. संजिव सापकोटाले जानकारी दिए ।

कार्यक्रम संयोजनको मुख्य भूमिका एनआरएनए जापानकी डक्टर अफ पब्लिक हेल्थ स्कलर एलिजा केसी भण्डारीले निर्वाह गरेकी छन् ।

कार्यक्रममा सम्बन्धित क्षेत्रका विज्ञहरु डा संजिव सापकोटा, डा अशोक देवकोटा, डा रञ्जन थापा, डा संजय यादव र नर्स लिलानाथ पाण्डे सहभागी हुनेछन् ।

भर्चुअल रुपमा गरिने सो कार्यक्रम जापानको स्थानीय समय अनुसार साँझ ८:१५ र नेपाल समय अनुसार दिउँसो ५ बजे तय गरिएको छ ।

मानसिक रोगका कारण विश्वभर धेरै नेपालीहरुले आत्महत्या गर्ने गरेकोले चाडै नै यसको तथ्यांक सार्वजनिक गर्ने तयारी रहेको सापकोटाले बताए । मानसिक रोगलाई समयमा नै बुझ्न सके जीवनमा आइपर्ने सामान्य तनाव सामना गर्न सक्ने भएकाले यसबारेमा सचेतना जगाउनु अनिवार्य रहेको उनको भनाइ छ ।

कोभिड महामारीका कारण पछिल्लो दुई वर्षमा मानसिक रोगीको संख्या अत्यधिक बढेको छ । सामान्य जीवन यापन गर्न मानिस शारीरिक रुपमा मात्र होइन मानसिक रुपमा उत्तिकै स्वस्थ हुनुपर्दछ ।

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का अनुसार ‘मानसिक स्वास्थ्य भनेको कल्याणकारी अवस्था हो, जहाँ व्यक्तिले उसको आफ्नै क्षमतालाई महशुस गर्दछ, जीवनको सामान्य तनावसँग सामना गर्नसक्छ, फलदायी रूपमा काम गर्नसक्छ, परिणाममुखी ढङ्गले काम गर्नसक्‍छ र आफ्नो समुदायको भलाइमा योगदान गर्न सक्‍छ ।’

मानसिक स्वास्थ्यबारे जानकारी नहुँदा समाजमा जटिल समस्या उत्पन्न हुने गरेको विभिन्न तथ्यांकले देखाएको छ । यस्ता समस्याको कसरि सामाधान गर्ने र यसबारेमा आधारभूत ज्ञानको बारेमा जानकारी  गराउन मानसिक स्वास्थ्य सचेतना कार्यक्रमले निकै सहयोग पुग्नेछ ।

नेपालमा मात्र नभएर विदेशमा रोजगारीका शिलसिलामा होस् वा अध्ययनका क्रममा जाने नेपाली नै किन नहोस्  मानसिक रोगबाट पीडितको संख्या बढ्ने क्रममा रहेको हुँदा मानसिक स्वास्थ्य सचेतना कार्यक्रम सबैको लागि अनिवार्य छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू