शुक्रबार, वैशाख १४, २०८१
13:47 | १८:३२

‘लिभिङ टुगेदर’ कथाको लघु चलचित्र ‘दानव’ युट्युबमा

नेपाली लिङ्क जनवरी २५, २०२२

बेलायतवासी नायक ध्रुव दत्तद्वारा अभिनित नेपाली कथानक लघु चलचित्र ‘दानव’ युट्युबमा सार्वजनिक भएको छ ।

बेल्जियममा निर्माण गरिएको यस लघु चलचित्रले नेशनल बक्स अफिसमा बेस्ट शर्ट मुभी अवार्ड अवार्ड २०७८ जित्न सफल भएको छ ।

विशेषगरी विदेशमा बसेर ‘लिभिङ टुगेदर’ मा बस्ने जोडीको कथा व्यथामा आधारित यस चलचित्रमा मायाप्रेमको नाटकमा महिलामाथि हुने शोषण छ ।

नायक ध्रुव दत्तलाई युरोपकी सुपरिचित कलाकार पार्वती अधिकारीले साथ् दिएकी छन् भने सहयोगी कलाकारमा वर्षा खड्का र यशु थापा छन् ।

रफि शाहको निर्देशन र लेखनमा बनेको उक्त चलचित्रको छायाङ्कन राजु अधिकारीले गरेका हुन् । यसैगरी सहायक निर्देशनमा चिरन कुमार खवास, मेकअपमा निशा धिताल र सम्पादनमा तारा थापाको भूमिका छ ।

समसामयिक विषयलाई आधारित मानेर बनाइएको उक्त लघु चलचित्र सन्देशमूलक रहेको दर्शकहरुको ठहर छ ।

करिब २२ मिनेट लामो उक्त चलचित्र आशुतोष फिल्मस् प्रोडक्टसन प्रा.लि. को व्यानरमा निर्माण भएको हो । नायक दत्तले नेपाली चलचित्र, म्यूजिक भिडियो, शर्ट मुभी लगायत नाटकमा समेत राम्रो भूमिका निर्वाह गरिसकेका छन् ।

‘दानव’ हेर्नुहोस् 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू