शुक्रबार, वैशाख ७, २०८१
02:30 | ०७:१५

गोर्खा सन्तानहरुले बनाएको ‘गोर्खा बिनीथ द ब्रेभरी’ को प्रिमियर शो शनिबार

नेपाली लिङ्क अक्टोबर २१, २०२१

लन्डन । लामो प्रतिक्षापछि बेलायतमा बसोवासरत नेपाली युवाले निर्माण गरेको चलचित्र ‘गोर्खा बिनीथ द ब्रेभरी’ को प्रिमियर शो अन्तिम तयारीमा छ । आउंदो २३ अक्टोबर शनिबार सांझ ८ बजे अल्डरसटस्थित प्रिन्सेस हलमा फिल्म प्रिमियर शो राखिएको हो ।

बेलाय सरकारको सर्वोच्च पदक भिक्टोरिया क्रस (भिसी) पाउने पहिलो नेपाली स्वर्गीय कुलबीर थापाको जीवनीमा आधारित छ उक्त चलचित्र । ७३ मिनेट लामो सो फिल्म प्रिमियर शुल्क १५ पाउण्ड छ ।

कोरोना महामारीका कारण रोकिएको फिल्मले अन्ततः प्रदर्शनीको मौका पाएको हो । आयोजकले फिल्म प्रिमियर शोमा सहभागिताका लागि सबैमा अपिल गरेका छन् ।
बेलायतस्थित गोर्खा सन्तानहरुको संयुक्त प्रयासमा क्राउड फन्डिङ (चन्दा संकलन) गरि बनाइएको उक्त फिल्मले बेलायत र नेपालबीच सम्बन्ध थप प्रगाढ र युवा पुस्तालाई गोर्खा योगदान र साहसबारे अवगत गराउने फिल्म निर्माण टिममा रहेकी एक सदस्य मधु गुरुङले जनाइन् ।

चलचित्र युनिटले प्रदर्शनपछि हुने मुनाफा च्यारिटी संस्था गोर्खा वेलफेयर ट्रष्टलाई दिने वाचा गरेको छ । चलचित्रमा अभिनय गर्ने सबै कलाकारले पारिश्रमिक पनि लिएका छैनन् ।
निर्देशक प्रदीप शाहीसहित अन्य कलाकार, क्यामेरामेन लगायत चलचित्र युनिटमा आवद्ध धेरैजसो 
प्राविधिक पनि गोर्खा सन्तान हुन् ।

चलचित्र लेखक तथा निर्देशक प्रदीप शाही भिसी थापाप्रति सम्मानमात्र होइन, चलचित्रले भूतपूर्व गोर्खाहरुको योगदान जीवन्त राख्न र उनीहरुले विश्वयुद्दमा निर्वाह गरेको ऐतिहासिक भूमिका नयां पुस्तालाई जानकारी दिन समेत सहयोगी हुने बताउंछन् ।

उक्त चलचित्रमा समिर गुरुङले भिसी कुलबीर थापा र गौमाया गुरुङले मैया अर्थात भिसीपत्नीको भूमिकामा अभिनय गरेका छन् भने ओल्ली बासी, सूर्य गुरुङ, राजन गुरुङ, अगोस्टिनो ओबरहोफेर, रोविन फ्रिबर्ग, चार्ली मोरेल, ज्याक क्रोनिन, माइकल ली लगायतले युद्दमोर्चामा प्रत्यक्ष लडेका सेनाको प्रमुख भूमिका निभाएका छन् ।

सियोन शाही कुलवीरको छोराको भूमिकामा छन् । सगरमाथा युथ यूके, अमन, होम र ध्रुवको पनि फिल्ममा सपोर्टिङ रोल छ ।

सन् १८८९, १५ डिसेम्बरका दिन पाल्पामा जन्मिएका कुलबीर थापाले पहिलो विश्व युद्धमा आफ्नो बहादुरी देखाएवापत २६ वर्षको उमेरमै भिसी पाएका थिए । उनी सेकेन्ड बटालियन, थर्ड गोर्खा राइफल्समा कार्यरत थिए ।

चलचित्र युनिटले प्रदर्शनपछि हुने मुनाफा च्यारिटी संस्था गोर्खा वेलफेयर ट्रष्टलाई दिने वाचा गरेका छन् । चलचित्रमा अभिनय गर्ने सबै कलाकारले पारिश्रमिक पनि लिएका छैनन् । 
निर्देशक शाहीसहित अन्य कलाकार, क्यामेरामेन लगायत चलचित्र युनिटमा आवद्ध धेरैजसो 
प्राविधिक पनि गोर्खा सन्तान हुन् ।

हजारौं भूतपूर्व गोर्खा र तिनका परिवारले दोश्रो घर मान्ने अल्डरसटमा हालैमात्र तिनै योद्धा कुलबीर थापाको सालिक निर्माण गरिएको छ । २०५ वर्ष भन्दा पुरानो बेलायत नेपाल सम्बन्धको प्रमुख आधार नै ब्रिटिश गोर्खा मानिन्छ ।

फिल्मको टिकट किन्न यहां क्लिक गर्नुहोला

फिल्मको ट्रेलर-

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू