बेलायतमा दुई पाउण्ड लगानीमा घरको मालिक बन्न सकिने स्किम


लन्डन । हङकङमा प्रधान कार्यालय रहेको आइडिया फर वर्ल्डले बेलायतमा आफ्नो व्यवसाय विस्तार गर्ने भएको छ ।
गैर आवासीय नेपाली र उनीहरुका अन्तरराष्ट्रिय विजनेस पार्टनरहरुबाट स्थापित आइडिया ग्रुप अन्तरगतको उक्त लिडिङ कम्पनीले गत शुक्रबार अल्डरसटमा एक समारोहबीच औपचारिक रुपमा आफ्नो योजना सार्वजनिक गरेको हो ।
कार्यक्रममा कम्पनीका अध्यक्ष गोकर्ण श्रेष्ठले यूके रियल स्टेटमा र विश्वका धेरै देशमा दुई पाउण्ड दैनिक लगानी योजनाबाट नै घर मालिक बन्न सकिने प्रोजेक्ट शुरु गर्न लागिएको जानकारी दिए ।
श्रेष्ठले अबको ८ देखि १० वर्षभित्र ५० हजार घर, फ्ल्याट किन्ने योजनामा जो कोही पनि शेयरहोल्डर बन्न सक्ने बताए ।
कम्पनीले विश्वभरबाट १० लाख भन्दा बढी मानिसलाई शेयरहोल्डर बनाउने कामको शुरुवात गरेको छ । त्यसका लागि विश्वका विभिन्न देशमा क्राउड फन्डिङ प्लेटफर्म सँग काम अगाडि बढाइएको कम्पनीको दावी छ ।
अध्यक्ष श्रेष्ठले आइडिया बैंक केही समय भित्रै सञ्चालन गर्नका लागि प्रक्रिया शुरु भइसकेको पनि उनले बताए ।
कम्पनीका अनुसार आइडिया फर वर्ल्डमा अहिले विश्वभर दुई हजार पांच सय भन्दा धेरै पार्टनर संलग्न छन् । अहिले कम्पनीमा पार्टनरसीपमा आवद्व हुन ५ हजारजना भन्दा बढीले आवेदन दिइसकेको श्रेष्ठको भनाइ छ ।
उसको विश्वका विभिन्न देशका फरक आयोजना बनिरहेका छन् । नेपालमा पनि आइडिया फर वर्ल्डको सब्सीडाइरिज कम्पनी आइडिया फर नेपालमार्फत १ दर्जन बढी प्रोजेक्ट संचालनमा छन् । साथै आइडिया फर नेपालले एनआरएनए र विभिन्न नेपाली सँस्थासँग पनि मिलेर विश्वव्यापी काम गरिरहेको छ ।
कम्पनीले कृषि, माछापालन, प्रविधि, म्यानू फ्याकचरिङ, भौतिक पूर्वाधार, खानी, फुड एण्ड बेभरेज, प्रोपर्टी, हेल्थ एण्ड ब्यूटी फिटनेश, यातायात, पर्यटन जस्ता चार सय भन्दा बढी आयोजनामा लगानी गरेको दावी गरेको छ ।
ति कयौं आयोजनामा लगानी गरेको आइडियाले अहिले अत्यावश्यक तीनवटा आयोजना अटोमेटिक पार्किङ, रियल स्टेट र बैंकिङ (भावी योजना) मा विश्वव्यापी व्यापार शुरु गरेको जनाएको छ । गत अक्टुबर ८ मा उल्लेखित तीन आयोजनाको सफ्ट लन्च सेरेमोनी गरिएको हो ।
पार्किङको विश्वव्यापी व्यापारका लागि उत्पादक कम्पनीसंग एक सय भन्दा बढी देशको एक्सक्लुसिभ राइट लिएर त्यसको विक्री वितरण काम शुरु भइसकेको कम्पनीको भनाइ छ ।
कार्यक्रममा आइडिया फर वर्ल्डकी निर्देशक रोजिना प्रधान राईले स्वागत मन्तव्य दिंदै बेलायतमा आफ्नो कम्पनीले ल्याउन लागेको आइडिया पार्किङ, आइडिया रियल इस्टेट र केही समयपछि शुरु हुने आइडिया बैंक प्रोजेक्टमा जोडिन बेलायतवासी नेपाली व्यवसायीलाई आग्रह गरिन् । ‘हामी सम्पन्न भए परिवार, समाज र देश नै समुन्नत हुने हो । आउनुस् मिलेर केही गरौं । सहकार्यमा सफलता छ’, उनले भनिन् ।
कार्यक्रममा उपस्थित सहभागीले आइडिया फर वर्ल्डले सारा विश्वले नै गर्व गर्नलायक प्रोजेक्टहरु शुरु गर्न लागेकोमा धेरै खुशी व्यक्त गर्दै आफूहरु पनि छिट्टै कम्पनीको शेयर होल्डर हुने चाहना व्यक्त गरे ।
कार्यक्रममा बेलायतस्थित नेपाली व्यवसायी, एनआरएनए अभियन्ता र समाजसेवीहरुको उल्लेख्य सहभागिता थियो ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस
- १
- २
- ३
- ४
- ५