शनिबार, वैशाख ८, २०८१
11:24 | १६:०९

अनुवांशिक अध्ययन गर्दा नेपालमा भेटियो डेल्टा भाइरस

रासस सेप्टेम्बर २८, २०२१

काठमाडौं । कोरोना भाइरस संक्रमणको अनुवांशिक (जीन सिक्वेन्सिङ) अध्ययन गर्दा नेपालमा डेल्टा भाइरस भेटिएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला र त्रिभुवन विश्वविद्यालय (त्रिवि) जैविक प्रविधि केन्द्रीय विभागमा गरिएको अनुवांशिक अध्ययनमा सबैमा डेल्टा भाइरस भेटिएको हो ।

प्रयोगशालाका निर्देशक डा रुणा झाले ४२ नमूनाको अनुवांशिक अध्ययन गरिएकोमा ४१ वटामा डेल्टा भाइरस र एक वटामा ‘क’ जीन नेगेटिभ भएको अल्फा भेरियन्ट देखिएको बताउनुभयो । प्रयोगशालामा २६ र केन्द्रीय विभागमा १६ अनुवांशिक अध्ययन गरिएको थियो। एकचालिस नमूना भदौ र असोज तथा एउटा वैशाखमा संकलन गरिएको थियो ।

राष्ट्रिय प्रयोगशालालाई विश्व स्वास्थ्य संगठनले र केन्द्रीय विभागलाई वासिङ्टन विश्वविद्यालयले प्राविधिक सहयोग गरेका थिए । निर्देशक डा झाले अब नेपालमै संक्रमणको अनुवांशिक अध्ययन गर्न सकिने बताउनुभयो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू