शुक्रबार, वैशाख ७, २०८१
14:02 | १८:४७

चार्ल्टन नेपाली समाजले पायो नयाँ नेतृत्व, अध्यक्षमा रेखा खरेल

नेपाली लिङ्क सेप्टेम्बर १९, २०२१

लन्डन । साउथ इष्ट लन्डनस्थित चार्ल्टन नेपाली समाजले नयाँ नेतृत्व पाएको छ । आइतबार स्थानीय मेरिडियन स्पोर्ट क्लबमा सम्पन्न अधिवेशसनले सर्वसम्मत नयाँ कार्यसमिति निर्वाचित गरेको हो । 

नवनिर्वाचित कार्यसमितिमा अध्यक्ष रेखा खरेल छन् । निवर्तमान कार्यसमितिकी उपाध्यक्ष खरेलको अध्यक्षतामा सर्वसम्मतिमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । 

नयाँ कार्यसमितिमा प्रकाश कंडेल र सिता अर्याल उपाध्यक्ष, टिएन रिजाल महासचिव, आनन्द लोहनी सचिव, राम पाण्डे कोषाध्यक्ष र दिल जिसी सहकोषाध्यक्ष चयन भएका छन् । त्यस्तै, सदस्यहरुमा माधवलाल श्रेष्ठ, सिता ढकाल, धनबहादुर लामा, धनमाया डंगोल, वसन्त खनाल, कृष्ण भण्डारी, स्मारिका भण्डारी र किरण सापकोटा चुनिएका छन् । 

होम शर्माको संयोजकत्वमा रहेको निर्वाचन समितिले नयाँ कार्यसमितिको घोषणा गरेको थियो । समितिमा सुरज केसी, रोमनाथ पाण्डे, दासुराम पाण्डे र नरेन्द्र कंडेल सदस्य थिए । 

नवनिर्वाचित कार्यसमितिलाई निवर्तमान अध्यक्ष कृष्ण खरेल, निर्वाचन समिति प्रमुख होम शर्मा, निर्वाचित समितिका सदस्यहरु, समाजका  पूर्व अध्यक्षहरु लगायतले बधाई तथा शुभकामना दिएका थिए । 

यसअघि निवर्तमान कार्यसमितिका अध्यक्ष कृष्ण खरेलको अध्यक्षतामा संस्थाको चौंथो अधिवेशन भएको थियो । अधिवेशनमा संस्थाका महासचिव राजु न्यौपानेले पेश गरेको प्रगति विवरण र सहकोषाध्यक्ष दिल जिसीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन छलफलपछि पारित गरिएको थियो ।  

विधान समितिका संयोजक फडिन्द्र भट्टराईले प्रस्तुत गरेको विधान संशोधनसम्बन्धि प्रतिवेदनमा पनि छलफलपछि संशोधनसहित पारित गरिएको थियो । विधान समितिमा टंक कंडेल र गंगा खरेल सदस्य थिए ।  

निवर्तमान समितिका सचिव राजु न्यौपानेले संचालन गरेको कार्यक्रममा उपाध्यक्ष रेखा खरेलले स्वागत मन्तव्य दिएकी थिइन् ।  

साउथ इष्ट लन्डनको चार्ल्टन क्षेत्रमा बस्ने नेपालीहरुको साझा संस्थाको रुपमा सन् २०११ मा समाज स्थापना भएको थियो । समाजले स्थानीय नेपालीहरुमाझ नियमित रुपमा विभिन्न गतिविधि साथै बालबालिकाकाको लागि नेपाली भाषा कक्षा संचालन गर्दै आएको छ । समाजले विभिन्न समयमा बेलायत तथा नेपालमा परोपकारी कार्य पनि गर्दै आएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू