बिहीबार, वैशाख १३, २०८१
17:13 | २१:५८

कोरोनाले ज्यान गुमाउनेहरु झन्डै ४१ लाख

रासस-सिन्ह्वा जुलाइ २०, २०२१

न्यूयोर्क । कोरोना शुरु भएयता हालसम्म विश्वभर ज्यान गुमाउनेको संख्या झन्डै ४१ लाख पुगेको छ   

जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभर ४० लाख  ९५ हजार ८६३ जनाको मृत्यु भएको छ । 

विश्वभरी कूल संक्रमितको संख्या १९ करोड ८ लाख ९० हजार ६५९ छ । विश्वभर तीन अर्ब ६५ करोड २४ लाख २ हजार  ९४० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । 

कोरोनाबाट सबैभन्दा धेरै मानिसहरुले ज्यान गुमाउने मुलुकमा अमेरिका, भारत, ब्राजिल, फ्रान्स, बेलायत अग्रस्थानमा छन् ।   

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू