शुक्रबार, वैशाख १४, २०८१
18:55 | २३:४०

अमेरिकामा नेपाली युवाको गोली प्रहारबाट अर्का नेपालीको मृत्‍यु

नेपाली लिङ्क जुलाइ १४, २०२१

गोली प्रहार गर्ने मिलन (बाँया) र मृतक फु सहकर्मी र ‘रुम-मेट’ थिए ।

न्यूयोर्क । अमेरिकाको न्यूजर्सीस्थित ग्यास स्टेशनमा कार्यरत नेपाली युवाबाट सहकर्मी नेपालीकै हत्या भएको छ ।

२४ वर्षका मिलन घिमिरेले आफ्ना सहकर्मी ५६ वर्षका फु छेवाङको गोली हानी हत्या गरेका छन् ।

न्यूजर्सीको मवाहमा सोमबार राती पौने १० बजे गोली चलाएर हत्या गरिएको थियो । सोमबार राती घटनापछि ९११ मा फोन आएपछि प्रहरी घटनास्थल पुगेको थियो ।

घटना ग्यास स्टेशनमा नभई घरमा नै भएको प्रहरीले जनाएको छ । घिमिरे आफैले घटनापछि प्रहरीलाई फोन गरेका थिए । उनले फोनमा भनेका थिए– ‘मैले एकजनालाई गोली हानें । मर्यो कि ज्यूदै छ थाहा भएन ।’

घटनास्थलमा प्रहरी पुग्दा छेवाङ मृत अवस्थामा भेटिएका थिए भने हत्यारा फरार रहेकाले त्यसपछि प्रहरीले खोजी सुरु गरेको थियो । घटनास्थलबाट घिमिरे मिसिसिपीको लाइसेन्स प्लेट भएको कालो क्राइस्लर गाडीमा भागेका थिए । घिमिरे र छेवाङ ‘रुम-मेट’ समेत रहेको जनाइएको छ ।

छेवाङका शरीरमा कैयन पटक गोली चलाइएको भेटिएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू