बुधबार, वैशाख ५, २०८१
00:08 | ०४:५३

प्यालेस्टाइनको निर्वाचनलाई सघाउन राष्ट्रसंघको अपिल

रासस-सिन्ह्वा अप्रिल २३, २०२१

जेनेभा । मध्यपूर्वका लागि संयुक्त राष्ट्रसंघका दूत टोर वेन्स्ल्याण्डले प्यालेस्टाइनको आम निर्वाचनलाई सहयोग गर्न अपिल गरेका छन् । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले सो अपिल गरेका हुन् । 

उनले भनेका छन्, ‘संयुक्त राष्ट्रसंघले यो अपिल गर्दछ कि प्यालेस्टाइनमा समावेशी रुपमा हुने निर्वाचनले आगामी दिनमा यहाँको प्रजातान्त्रिक सरकारको पुनर्स्थापना गर्नेछ, त्यसैले सबैले सहयोग गर्नु आवश्यक छ ।’

यहाँ १५ वर्षपछि निर्वाचन हुन लागेको र जुन निर्वाचन एक महत्वपूर्ण र प्रजातन्त्रका लागि ऐतिहासिक निर्वाचन हुने उनले बताएका छन्  । यहाँ मे २२ का लागि आम निर्वाचनको घोषणा गरिएको छ । सो निर्वाचनका लागि तयारी भइरहेको छ । 

यो आमनिर्वाचनले वेष्ट ब्यांक र गाजालाई पनि एकताबद्ध गर्ने काममा सघाउने तथा यस कार्यका लागि बाटो खोल्ने पनि विश्वास लिइएको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू