शुक्रबार, वैशाख १४, २०८१
00:40 | ०५:२५

पाकिस्तानमा चिनियाँ राजदूतलाई लक्षित गर्दै होटलमा बम विस्फोट

रासस-सिन्ह्वा अप्रिल २२, २०२१

पाकिस्तान । पाकिस्तानी क्वेटा शहरस्थिति एउटा होटलमा बुधबार राती भएको बम विस्फोट परी कम्तीमा चारजना मारिएका छन् । घटनामा अन्य एक दर्जन घाइते भएका देशका गृहमन्त्री शेख रशीद अहमदले पुष्टि गरेका छन् 

होटेल सेरेनाको कार पार्किङ गर्ने इलाकामा उक्त आक्रमण भएको थियो । पाकिस्तानस्थित चिनियाँ राजदूतलक्षित गरी सो आक्रमण गरिएको आशंका गरिएको छ । 

चिनियाँ राजदूत अफगानिस्तानको सिमानानजिक रहेको बलुचिस्तान प्रान्तको राजधानी क्वेटाको सेरेना होटलमा बसेका थिए  

तर विस्फोटका बेला उनी घटना क्षेत्रमा नरहेको बताइएको    पाकिस्तानको क्वेटा शहरस्थित  होटल सेरेना उच्च अधिकारीको रोजाइमा रहेको होटलको रुपमा छ । 

पाकिस्तानी तालिबान लडाकूँ समूहले  यस आक्रमणको जिम्मेवारी लिएका छन् । उक्त समूह र अन्य लडाकू संगठनहरुले पछिल्ला महिनाहरुमा अफगानिस्तानसँगको सिमाना नजिकका आदिवासी क्षेत्रहरूमा आक्रमण बढाएका छन् ।

बलुचिस्तान लामो समयदेखि पृथकतावादी विद्रोह चलिरहेको प्रान्त हो । लडाकूहरूले पाकिस्तानबाट स्वतन्त्र गराउन चाहन्छन् । त्यस क्षेत्रमा भइरहेका प्रमुख चिनियाँ पूर्वाधार परियोजनाको विरोध गर्दै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू