शुक्रबार, वैशाख १४, २०८१
12:15 | १७:००

भारतमा कोरोनाबाट २४ घण्टामा दुई हजार बढी मृत्यु  

रासस-एएफपी अप्रिल २१, २०२१

नयाँ दिल्ली–भारतमा बुधबार एकै दिन कोभिड–१९ का कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसै अवधिमा भारतमा एकै दिनमा करिब ३ लाख व्यक्ति संक्रमित भएका छन् ।

बुधबार एक दिनमा भारतमा दुई लाख ९५ हजारमा कोरोना सङ्क्रमण देखिएको हो । कोरोना माहामारी शुरु भएयता विश्वमा भएका संक्रमणको तुलनामा यो ठूलो संख्या भएको सरकारी तथ्यांकले जानकारी दिएको छ । यद्यपि संयुक्त राज्यमा अमेरिका गत जनवरीमा एकै दिनमा तीन लाख भन्दा बढी व्यक्ति संक्रमित भएका थिए ।

सोही अवधिमा कोरोनाबाट २ हजार २३ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको १ लाख ८२ हजार ५५३ जना पुगेको छ ।

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मंगलबार देशवासीको नाममा गरेको सम्बोधन गर्दै देशका १ करोड ३० लाख व्यक्तिले फेरि एकपटक कोभिड १९ सँग लडाईं गरिरहेका बताएका छन् ।

केही साता अगाडिसम्म अवस्था नियन्त्रणमा रहेको र पुनः दोस्रो लहर आएपछि गाह्रो हुन थालेको पनि मोदीले बताएका छन् । भारतमा गत जनवरी १६ बाट कोरोना भाइरसविरुद्ध खोप अभियान शुरु भएको थियो । सो समयबाट अहिलेसम्म भारतमा १३ करोड लाख व्यक्तिले खोप लगाएका छन् । कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्कोतर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिरहेको छ ।

भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायले जनाएका छन् । रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको अधिकारीले जानकारी दिएका छन् ।

भारतमा मङ्गलबार मात्रै १६ लाख ३९ हजार ३५७ जनाको कोरोना परिक्षण गरिएको भारतीय स्वास्थ्य अनुसन्धान परिषद्ले जनाएको छ । अप्रिल २१ सम्म कूल २७ करोड १० लाख ५३ हजारभन्दा बढीले कोरोना परीक्षण गरिएको पनि परिषद्ले उल्लेख गरेको छ ।

भारतको राष्ट्रिय राजधानी दिल्ली सबभन्दा धेरै कोरोना प्रभावित राज्यको रुपमा छ । दिल्लीमा मङ्गलबार एकै दिनमा २८ हजार ३९५ जना कोरोना भाइरस सङ्क्रमित भएका २७७ जनाको मृत्यु भएको छ ।

भारतको दिल्लीमा कोरोना शुरु भएपछि हालसम्म कोरोना सङ्क्रमणबाट १२ हजार ६३८ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू