मंगलबार, चैत ६, २०८०
02:16 | ०८:०१

भारतमा एकै दिन थपिए हालसम्मकै बढी संक्रमित

रासस-एएनआई अप्रिल १८, २०२१

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट एकै दिनमा दुई लाख ६१ हजारभन्दा बढी संक्रमित भएका छन् । 

‘एकै दिनमा यति धेरै संक्रमित भएको यो पहिलो पटक हो’, एक सरकारी उच्च अधिकारीले आइतबार भने । 

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ६१ हजार ५०० जना नयाँ संक्रमित थपिएका छन् । 

त्यसैगरी सोही अवधिमा भारतमा एक हजार ५०१ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको पनि केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । 

पछिल्लो विवरणसँगै भारतमा कोरोनाभाइरसबाट कुल मृतकको संख्या एक लाख ७७ हजार १५० पुगेको देखिएको छ । 

त्यसैगरी कोरोनाभाइरसबाट अहिलेसम्म कुल संक्रमितको संख्या  एक करोड ४७ लाख ८८ हजार १०९ पुगेको मन्त्रालयले जनाएको छ । 

भारतमा अहिले पनि संक्रमित अवस्थामै रहेकाहरुको संख्या भने १८ लाख एक हजार ३१६ पुगेको अधिकारीहरुले जानकारी दिएका छन् ।

कोरोना भाइरसको महामारी फैलिने क्रम एकातिर चलिरहेको छ भने अर्को तर्फ कोरोनाभाइरस विरुद्धको खोप चलाउने क्रम पनि चलिनै रहेको छ । 

भारतमा अहिलेसम्म १२ करोड २६ लाख २२ हजार ५९० ओटा खोप खपत भएको छ । भारतमा अहिले कोभिसिल्ड, कोभ्याक्सीन र स्पुट्नीक भी गरी तीन प्रकारका खोपको प्रयोग भइरहेको सरकारी निकायहरुले जनाएका छन् । 

रुसले विकास गरेको स्पुट्नीक भी भने यही अप्रिल १२ देखि मात्रै लगाउन थालिएको हो ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू