बुधबार, वैशाख ५, २०८१
19:37 | ००:२२

भारतमा संक्रमित १ करोड ४० लाख बढी

रासस-सिन्ह्वा अप्रिल १५, २०२१

नयाँ दिल्ली । भारतमा गत २४ घण्टामा थप २ लाख भन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएपछि कूल संक्रमितको संख्या एक करोड ४० लाख ७४ हजार भन्दा बढी पुगेको भारतको केन्द्रिय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । 

भारतमा कोरोना भाइरस संक्रमणको माहामारी शुरु भएयता एक दिनमा २ लाख भन्दा बढी संक्रमित हुनु बुधबार पहिलो पटक भएको जनाइएको छ । यसअघि मंगलबार एक दिनमा १ लाख ८४ हजार भन्दा बढी व्यक्ति संक्रमित भएका जनाइएको थियो । कोरोना संक्रमणबाट बुधबार एकैदिनमा एक हजार ३८ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको सख्या १ लाख ७३ हजार नाघेको छ । 

पछिल्लो केहीदिनदेखि भारतमा दैनिक एक लाखभन्दा बढी सङ्क्रमित हुदै आएका थिए भने बुधबार एकैदिनमा २ लाख भन्दा बढी संक्रमित भएका हुन्  । यो तथ्यांकले भारतमा नयाँ संक्रमितहरुको संख्या दैनिक रुपमा बढ्दै गएको देखाएको छ । 

भारतमा गत जनवरी १६ बाट कोरोनाविरुद्ध खोपको शुरुवात भएको थियो । सो समयदेखि हालसम्म १० करोड ५० लाख भन्दा बढी व्यक्तिहरु खोप लगाइसकेका छन् ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू