शुक्रबार, वैशाख ७, २०८१
16:01 | २०:४६

ओम शर्माको अध्यक्षतामा पत्रकार महासंघ बेल्जियमको कार्यसमिति चयन

नेपाली लिङ्क अप्रिल ७, २०२१

लन्डन । नेपाल पत्रकार महासंघ बेल्जियम शाखाको अध्यक्षमा ओम शर्मा निर्विरोध निर्वाचित भएका छन् । कार्यसमितिको उपाध्यक्षमा डिल्ली अम्माई, सचिवमा पेम्बा गेलु शेर्पा र कोषाध्यक्षमा नीलम घिमिरे निर्वाचित भएका छन् ।

त्यसैगरी सदस्यहरूमा शेरबहादुर छन्त्याल, तेज नेपाली तथा सन्तोष न्यौपाने चयन भए । नवनिर्वाचित कार्यसमितिलाई नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य गोपाल बराइलीले पद तथा गोपनियता शपथ गराए । उनले समग्र पत्रकारिता क्षेत्रको विकासका लागि विदेशमा रहेका पत्रकारहरुको भूमिका उत्तिकै महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा केन्द्रिय प्रतिनिधि भगीरथ योगीले निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई शुभकामना दिँदै विदेशमा रहेर पनि पत्रकारिता गरिरहनु वास्तवमै चुनौतीपूर्ण रहेको उल्लेख गरे ।

कार्यक्रममा निर्वाचन समितिका संयोजक महेश थापा, नेपाल पत्रकार महासंघ बेल्जियम शाखा सदस्य शेरबहादुर छन्त्याल, पत्रकार  सरस्वती कार्कीलगायतले शुभकामना दिँदै सबै पत्रकारहरु भावनात्मक रुपमा एक भएर अघि बढ्नुपर्नेमा जोड दिएका थिए 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू