शनिबार, साउन १२, २०८१
11:16 | १६:०१

सुडानमा दुई विद्रोही समूहबीचको भिडन्तमा ४० को मृत्यु

रासस-सिन्ह्वा अप्रिल ६, २०२१

फाइल तस्विर

सुडान । दक्षिणी सुडान राज्यको राजधानी डारफरनजिकै रहेको एल जेनेइना भन्ने स्थानमा स्थानीय विद्रोही हतियारधारीहरुबीच भएका भिडन्तहरुमा परी कम्तीमा पनि ४० जनाको ज्यान गएको संयुक्त राष्ट्रसंघीय मानवीय सहायता कार्यालयले जनाएको छ ।

यहाँका स्थानीय विद्रोही समूहहरु अल मासालित र अरब ट्राइबका बीचमा सो क्षेत्रमा यही अप्रिल ३ तारिखदेखि भिडन्त भएको थियो । भिडन्तका कारण अरु कम्तीमा ५८ जना घाइते भएका पनि बताइएको छ ।

संयुक्त राष्ट्रसंघीय मानवीयता सहायतासम्बन्धी समन्वय कार्यालय (ओचा) ले त्यस क्षेत्रमा सोमबार पनि गोली हानाहान भएको सुनिएको जनाएको छ । सोमबार साँझतिर पनि यस्तो अवस्था रहेको बताइएको छ । त्यस क्षेत्रमा अहिले पनि ठूलो संख्याका हतियारधारीहरु जम्मा भएर आपसमा भिडन्त गरेका बताइएको छ ।

संयुक्त राष्ट्रसंघको सो कार्यालयले दक्षिणी सुडानको एल जेनियामा रहेको मानवीय सहायता वितरणको काम रोकेको छ । सो कार्यालयले सुरक्षाको अवस्था गम्भीर रहेकोले अहिलेका लागि सो क्षेत्रमा सहायता वितरणको काम रोकिएको बताएको छ ।

त्यस क्षेत्रमा विगतका केही महिना यतादेखि हिंसा मच्चिएको छ । विशेषगरी यी दुई जातीय समूहले आफ्ना मागको सम्बोधन हुनुपर्ने भनेर आपसमा एक अर्कामाथि हमला गर्दै आएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू