शुक्रबार, वैशाख ७, २०८१
14:40 | १९:२५

भियतनामका नवनियुक्त राष्ट्रपतिद्वारा सपथ 

रासस–एएफपी अप्रिल ५, २०२१

हनोई, २३ चैत– भियतनाममा कोरोनाभाइरस महामारी नियन्त्रणमा सफलतापूर्वक भूमिका निर्वाह गरेका नुएन झुआन फूकले राष्ट्रपतिमा औपचारिक रुपमा सोमबार सपथ लिएका छन् ।

भियतनामको पाँच वर्षसम्म प्रधानमन्त्री रहेका ६६ वर्षीय फूकको कार्यकालमा भियतनामको अर्थतन्त्र तीब्र रुपमा विकास भएको थियो । उनको सरकारले कोभिड–१९ नियन्त्रणमा प्राप्त गरेको सफलतालाई देशभित्र र बाहिर निकै प्रशंसा गरिएको थियो ।

सोमबार सम्पन्न गोप्य मतदानमा फूकले ५०० सदस्यीय राष्ट्रिय सभामा धेरै मत प्राप्त गरेका थिए ।

भियतनाममा कम्युनिष्ट पार्टीको शासन छ । यहाँ पार्टीका महासचिव, राष्ट्रपति र प्रधानमन्त्रीमा शासनको बागडोर छ । महत्वपूर्ण निर्णयहरु १८ सदस्यीय पोलिटब्युरोले गर्ने प्रचलन छ ।

राष्ट्रपति समेत रहेका ७६ वर्षीय नुयेन फू ट्रोङ भियतनाम कम्युनिष्ट पार्टीको महासचिवमा गत जनवरीमा चुनिएपछि राष्ट्रपति पद रिक्त थियो । त्यसपछि फूक राष्ट्रपति पदका एक्ला दाबेदार थिए ।

सपथ ग्रहणपश्चात नवनियुक्त राष्ट्रपति फूकले आफूले देशको उच्च पदमा रहेर सेवा गर्ने अवसर प्राप्त गरेकामा खुशी व्यक्त गरे ।

भियतनामी कम्युनिष्ट पार्टीको पोलिटब्युरो नेताहरुको उमेर सामान्यतया ६५ रहेको छ, तर दुई नेताका लागि उमेरको हदलाई हटाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू