बुधबार, वैशाख १२, २०८१
18:29 | २३:१४

कोभिडबाट विदेशमा थप ४ को मृत्यु

नेपाली लिङ्क अप्रिल ४, २०२१


लन्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ४ जनाको निधन भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा. सन्जिव सापकोटाका अनुसार यो साता कतारमा ३ जना र रुसमा १ जना गैरआवासीय नेपालीको कोरोना संक्रमणका कारण निधन भएको हो ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार साँझसम्म हालसम्म २३ देशमा रहेका ३ सय ४९ जना नेपालीको निधन भएको छ ।

संयोजक सापकोटाले यो साता माल्दिभ्स, मलेसिया, कतार र युएईमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको बताए । हालसम्म ५४ देशमा ६५ हजार २ सय ८७ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ६२ हजार ६ सय ६३ जना कोरोना संक्रमणमुक्त भएका छन् । विदेशमा संक्रमणमुक्त हुने दर ९६ प्रतिशत छ ।

नेपालमा शनिबार साँझसम्म २ लाख ७७ हजार ७ सय ६८ जनामा संक्रमण पुष्टि भएकामध्ये ९८ दशमलव ३ प्रतिशत अर्थात २ लाख ७३ हजार १ सय २३ जना संक्रमणमुक्त भएका छन् ।

समितिले पछिल्लो समय नेपाल सहित विश्वकका विभिन्न मुलुकमा पनि कोरोनाको जोखिम थप बढ्दै गएकोले स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू