शुक्रबार, वैशाख १०, २०७८
21:05 | ०१:५०

ताइवान रेल दुर्घटनामा ४० भन्दा बढीको मृत्यु 

रासस– सिन्हवा अप्रिल २, २०२१

तस्बिर एएफपी

ताइवान — ताइवानको पूर्वी क्षेत्रमा सुरुङ (टनेल) भित्र खचाखच भरिएको एउटा रेल दुर्घटनाग्रस्त हुँदा कम्तीमा ४० यात्रीको मृत्यु भएको आशङ्का गरिएको छ ।

यसअघि प्रहरीले कम्तीमा ३६ जनाको मृत्यु भएको जनाएको थियो भने अरु ७० जना रेलका डब्बाभित्र च्यापिएको जनाएको छ । उद्धार गरिएका ६० जनालाई भने अस्पताल पुरयाइएको छ ।

ताइवानमा शुरु भएको लामो बिदा मनाउन हिँडेका यात्रुले रेल खचाखच भरिएको अधिकारीहरुले बताएका छन् । उद्धारकर्ताहरु सुरुङभित्र च्यापिएका मानिसको उद्धारमा खटिएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू