बिहीबार, वैशाख १३, २०८१
13:20 | १८:०५

भारतमा संक्रमितको संख्या एक करोड २१ लाख नाघ्यो

रासस-सिन्ह्वा मार्च ३१, २०२१

तस्बिर एएफपी

नयाँ दिल्ली । भारतमा गत २४ घण्टामा ५३ हजार ४८० जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको संख्या एक करोड २१ लाख ४९ हजार भन्दा बढी पुगेको छ ।

सो अवधीमा कोरोना भाइरस संक्रमणबाट ३५४ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको संख्या एक लाख ६२ हजार ४६८ जना पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ ।

कूल संक्रमितमध्ये पाँच लाख ५२ हजार ५६६ जना अहिले पनि संक्रमित अवस्थामै रहेका छन् भने एक करोड १४ लाख ३४ हजार ३०१ जना संक्रमणमुक्त भएका छन् ।

भारतमा जनवरी १६ बाट कोरोना भाइरसविरुद्धको खोप अभियान शुरु भएको थियो । सो समयदेखि हालसम्म ६ करोड ३० लाख भन्दा बढीले खोप लगाइसकेका छन् ।

त्यसैगरी कोरोना परीक्षण गर्ने क्रम पनि चलिरहेको भारतीय चिकित्सा अनुसन्धान परिषद्ले जनाएको छ ।

परिषद्का अनुसार सोमबारसम्म भारतमा २४ करोड ३६ लाख ७२ हजारभन्दा बढी व्यक्तिको कोरोना परीक्षण गरिएको छ । मंगलबार एकै दिनमा दश लाख २२ हजारभन्दा बढीको कोरोना परीक्षण गरिएको जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू