शनिबार, वैशाख ८, २०८१
23:01 | ०३:४६

चीनमा आइतबार कोभिड संक्रमित शून्य

रासस–सिन्ह्वा मार्च २९, २०२१

बेइजिङ । चीनमा आइतबार स्थानीय स्तरमा नै संक्रमित भएका कोरोना भाइरसका संक्रमितहरु नभेटिएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । 

उनीहरुले आइतबार चीनमा देशभित्रै संक्रमण सरेका व्यक्ति नभेटिएको बताएका हुन् ।

चीनको नेसनल हेल्थ कमिसनले आइतबार चीनमा १५ जनामा कोभिड १९ को संक्रमण भेटिएको बताएको छ । 

तर, उनीहरु चीनभित्र नै संक्रमित भएका भने होइनन् । ती १५ जना संक्रमित चीन बाहिरबाट आएको जनाइएको छ । 

त्यसैगरी आइतबार चीनमा कोभिडबाट कुनै मृत्यु भएको पनि सूचना नरहेको कमिसनले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू