शुक्रबार, चैत १६, २०८०
06:26 | १२:११

विदेशमा कोरोनाबाट थप तीन नेपालीको मृत्यु

यूकेमा दुई र क्यानाडामा एक नेपालीको मृत्यु

नेपाली लिङ्क मार्च २८, २०२१

लण्डन । यो साता कोरोना भाइरस संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता यूकेमा २ र क्यानाडामा १ जना गैर आवासीय नेपालीको निधन भएको हो ।

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस संक्रमणका कारण शनिवार साँझसम्म २२ देशमा रहेका ३ सय ४५ जना नेपालीको निधन भएको छ ।

सापकोटाका अनुसार यो साता बेल्जियम, मलेसिया र युएईमा रहेका नेपालीमा थप कोरोना संक्रमण देखिएको छ ।

हालसम्म ५३ देशमा ६३ हजार ८ सय ५४ जना नेपालीमा संक्रमण पुष्टि भएको छ ।

जसमध्ये ६१ हजार ९ सय ८० जना कोरोना संक्रमणमुक्त भएका छन् । विदेशमा संक्रमणमुक्त हुने दर ९६.८ प्रतिशत रहेको पनि स्वास्थ्य समितिको तथ्यांकमा उल्लेख  छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू