शनिबार, वैशाख ८, २०८१
19:29 | ००:१४

चीन र युरोपबीच लगानी सम्झौतामा अनावश्यक राजनीति: चीन

रासस/सिन्ह्वा मार्च २७, २०२१


बेइजिङ, १४ चैत– चीनले यूरोपेली मुलुकहरूमा लगानी गर्न चाहेको तर त्यहाँका केही राजनीतिज्ञले यसलाई अनावश्यक राजनीतिकरण गरेको दावी गरेका छन् ।

सिन्च्याङसम्बन्धी चिनियाँ नीतिबारे बोल्दै चीनले यसलाई आन्तरिकमामिला भनेको छ ।

सिन्च्याङलाई देखाई युरोपेली संघ (इयू) ले चीनमाथि लगाएको नाकाबन्दीप्रति चीनले प्रतिक्रिया जनाउँदै यसलाई अनावश्यक हस्तक्षेप भनेको छ । चीनका अनुसार कतिपय युरोपेली राजनीतिज्ञहरूले चीनको प्रगतिप्रति आरिस गर्ने गरेको चीनको दावी छ ।

हालै युरोपेली संसदले चीन युरोपबीचको लगानी सम्झौताको बैठकलाई चीनको सिन्च्याङलगायतका क्षेत्रमा मानव अधिकारको वेवास्ता गरिएको भन्दै चीनसँगको लगानी सम्झौता रद्द गरेको थियो ।

सम्झौतामा बाधा उत्पन्न गरेर युरोपलाई कुनै लाभ नहुने चीनले बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू