शुक्रबार, चैत १६, २०८०
14:46 | २०:३१

कतारमा पनि कोभिड १९ को संक्रमण बढ्दो

रासस-सिन्ह्वा मार्च २७, २०२१

कतार । कतारमा पनि कोभिड १९ का संक्रमितहरु बढ्दै गएका छन् । यहाँको स्वास्थ्य मन्त्रालयलका अधिकारीहरुले पछिल्ला केही हप्ता यता कतारमा पनि कोभिड १९ का संक्रमितहरु बढेको जनाएका छन् । 

कतारको राजधानी दोहामा संक्रमितहरु बढी मात्रामा देखिएका छन् । शुक्रबार सार्वजनिक एक तथ्यांकमा कतारमा ६०२ जनामा यो संक्रमण देखिएको छ । 

यहाँ यो समेत गरी १ लाख ७६ हजार जनामा कोभिड संक्रमण भएको बताइएको छ । यहाँका २८२ जना नागरिकको संक्रमणबाट मृत्यु भएको छ । 

चिकित्सकहरुले कोभिडका कारण कतारमा मृत्यु हुने दर भने निकै थोरै रहेको बताएका छन् । 

कतारमा कोरोना विरुद्धको खोप लगाउने कार्यलाई तीव्रता दिइएको छ । यहाँका कम्तीमा पनि सात लाख मानिसलाई यो खोप दिइएको जनाइएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू