शनिबार, वैशाख १५, २०८१
04:48 | ०९:३३

मुम्बईको कोरोना अस्पतालमा आगलागी, ९ को मृत्यु

रासस-सिन्ह्वा मार्च २६, २०२१

नयाँ दिल्ली । भारतको मुम्बाई शहरमा रहेको कोभिड–१९ अस्पतालमा भएको आगलागीमा परी मृत्यु हुने व्यक्तिको संख्या नौ पुगेको छ । अझै केही व्यक्ति फसेको अनुमान गरिएको छ ।

बिहीबार राती भएको यस आगलागीमा परेका अन्य छ जनाको शव निकालिएपछि मृतकको संख्या नौ पुगेको प्रहरी उप निरीक्षक प्रशान्त कदमले सिन्ह्वा समाचार समितिलाई बताए । अझै पनि केही व्यक्ति फसेका अनुमान गरिएको पनि प्रशान्तले बताए । कोभिड प्रकोपको दोस्रो लहर आइरहेको यस अवस्थामा पुनः कोरोना अस्पतालमा नै आगलागी भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू