मंगलबार, वैशाख ११, २०८१
14:45 | १९:३०

बाइडेनद्वारा कार्यकालको १०० दिनमा २० करोड मानिसलाई खोप लगाउने बाचा

रासस-सिन्ह्वा मार्च २६, २०२१

फोटो एएफपी

वासिङ्टन । अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले पहिलो सय दिनमा २० करोड नागरिकलाई कोरोनाभाइरस खोप लगाउने बाचा गरेको छ ।

ह्वाइट हाउसको पहिलो पत्रकार सम्मेलनमा राष्ट्रपति बाइडेनले एक सय दिनमा आफ्ना प्राथमिकतामा उक्त कुरा बताएका हुन् । बाइडेनले आफ्नो पहिलो १०० दिनमा २० करोड मानिसलाई खोप दिने बताए ।

‘मलाई थाहा छ यो यो लक्ष्य महत्तवाकाङ्क्षी छ, हाम्रो यसअघिको लक्ष्यभन्दा यो दोबर हो तर यो लक्ष्यमा हामीले गरे जति अरू कुनै देश हाम्रोनजिक पनि आउन सकेका छैनन् । र मलाई विश्वास छ कि हामी यो वाचा पनि पूरा गर्नसक्छौँ’, बाइडेनले भने ।

अमेरिकामा अहिलेसम्म कोरोनाभाइरस खोपको करिब १३ करोड मात्रा दिइसकिएको छ । अमेरिकी स्वास्थ्य अधिकारीअनुसार दैनिक करिब २५ लाख खोपको मात्रा अहिले वितरण भइरहेको छ ।

करिब एक घन्टा चलेको पत्रकार सम्मेलनमा बाइडेनलाई बन्दुक नियन्त्रणदेखि विदेश नीतिसम्मका थुप्रै विषयमा प्रश्न गरियो तर कुनै पनि पत्रकारले स्वास्थ्य सङ्कट र कोरोनाभाइरसको महामारीबारे प्रश्न गरेनन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू