शुक्रबार, वैशाख १४, २०८१
08:23 | १३:०८

इजरायलमा नेतन्याहुले गठबन्धन सरकार बनाउने अनुमान

रासस/सिन्ह्वा मार्च २५, २०२१


जेरुसेलम, १२– इजरायलमा भएको निर्वाचनको मतगणना सुरू भई बिहीबार यो समाचार लेख्दासम्म ९० प्रतिशत मत गणना भएको निर्वाचन अधिकारीहरुले जानकारी दिएका छन् ।

संसदको कुल १२० सिटका लागि भएको निर्वाचनमा पछिल्लो दुई बर्षमा इजरायलमा अहिले चौथो पटक निर्वाचन भएको हो ।

राजनीतिक अस्थिरताका कारण पटक पटक निर्वाचन गर्नु परेपनि अब भने पुरा कार्यकाल संसद चल्ने विश्वास मतदाताले गरेका छन् ।

अहिलेसम्मको गणना अनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहुँको पार्टीले ५२ प्रतिशत सिटमा जित हासिल गर्ने अनुमान गरिएको छ । उनलाई बहुमत पु¥याउन अरु ९ सिट आवश्यक पर्दछ ।

त्यसैगरी उनको प्रतिस्पर्धी अर्को गठबन्धनले भने ५७ सिट सफलता प्राप्त गर्ने विश्लेषण गरिएको अधिकारीहरूले जनाएका छन् ।

त्यसैगरी यस पहिले लिकुड पार्टीको सहयोगीसमेत रहेको यमिना समूहले ७ सिट जित्ने अनुमान गरिएको छ भने त्यसले नेतान्याहुँसँग गठबन्धन गर्ने अपेक्षा गरिएको छ ।

निर्वाचनको अन्तिम नतिजा भने शुक्रबार सार्वजनिक हुने प्रवल सम्भावना रहेको निर्वाचन आयोगका अधिकारीहरूले बताएका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू