बुधबार, वैशाख १२, २०८१
14:58 | १९:४३

पत्रकार महासंघ युरोपको निर्वाचन शुक्रबार

नेपाली लिङ्क मार्च २४, २०२१

लन्डन । नेपाल पत्रकार महासंघ युरोप शाखाको निर्वाचन यही शुक्रबार हुने भएको छ ।

कार्यसमिति, निर्वाचन समिति र केन्द्रीय प्रतिनिधिबीच मंगलबार बसेको बैठकले निर्वाचन शुक्रबार गर्ने निर्णय गरेको शाखाका कार्यवाहक महासचिव द्रोण रिजालले जानकारी दिए ।

बैठकले शाखाको नयाँ कार्यसमिति सर्वसम्मतिबाट चयन गर्ने सहमति गर्दै सर्वसम्मति कायम गरी निर्वाचन गर्न एक अधिकार सम्पन्न कार्यदल समेत गठन गरेको छ ।

कार्यदलमा केन्द्रिय उपाध्यक्ष दिलिप थापा मगर, प्रमुख आयुक्त राजेश चाम्लिङ र केन्द्रिय प्रतिनिधि चिरन शर्मा छन् ।

बैठकले शाखाका सदस्यहरुको अन्तिम नामावली समेत टुंग्गो लगाएको छ ।

यसअघि गत फेब्रुवरी २० तारिखका दिन शाखाको चौथो महाअधिवेशन सूचना तथा संचारमन्त्री पार्वत गुरुङले उद्धघाटन गरेका थिए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू