शुक्रबार, वैशाख ७, २०८१
11:04 | १५:४९

म्यानमारमा बेपत्ता बीबीसीका समाचारदाता अपहरणमुक्त   

रासस-एएफपी मार्च २२, २०२१

याङ्गुन । अपहरणमा परेका म्यानमारका लागि बीबीसीका समाचारदाता आउङ थुरा अपहरणमुक्त भएका छन् ।

राजधानीस्थित अदालत अगाडि समाचार संकलन कार्य गरिरहेका बेला सादा पोशाकमा आएका व्यक्तिहरुले उनलाई गत शुक्रबार अपरहण गरेका थिए ।

म्यानमारमा सेनाले चालेको अप्रजातान्त्रिक कदमका विरुद्धमा आन्दोलन चर्किरहेका बेला बेपत्ता भएका पत्रकार सम्पर्कमा आएको बीबीसीका अधिकारीहरूले सोमबार जनाएका छन् । रिहा भएका पत्रकार र घटनाका बारेमा विस्तृत विवरण भने अहिलेसम्म सार्वजनिक गरिएको छैन् ।

बीबीसीका समाचारदातासँगै स्थानीय मिज्जीमाका समाचारदाता थान हटिक अउङ पनि बेपत्ता भएका थिए । उनलाई भने अझै पनि अपहरणमुक्त नगरिएको समाचारमा जनाइएको छ ।

गत फेब्रुअरी १ मा भएको सैन्य विद्रोहपछिको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म दुई हजार ६०० जना गिरफ्तार भएका छन् ।

त्यसैगरी, अरु २५० भन्दा बढीको मृत्यु भएको पनि विभिन्न निकायको तथ्याङ्कमा उल्लेख गरिएको छ । कतिपय अधिकारकर्मीहरूले भने आन्दोलनका क्रममा मारिएकाहरूको सङ्ख्या अझै धेरै हुनसक्ने दावी पनि गरेका छन् ।

सेनाले नेतृ आङसान सूचीसहित धेरै नेताहरूलाई अहिले पनि नियन्त्रणमा राखेको छ । सैन्य विद्रोह भएपछि म्यानमारमा पत्रकार मात्रै ४० जना पक्राउ परिसकेको अधिकारीहरूले जनाएका छन् । सेनाले पाँच सञ्चारमाध्यमको अनुमति पनि खारेज गरेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू