शुक्रबार, वैशाख १४, २०८१
20:14 | ००:५९

अफगान राष्ट्रपति र अमेरिकी रक्षामन्त्रीबीच काबुलमा भेटवार्ता

रासस-सिन्ह्वा मार्च २२, २०२१

काबुल । अफगानिस्तानका राष्ट्रपति असरफ घानी र अमेरिकी रक्षामन्त्री लियोड अस्टिनबीच आइतबार अफगानिस्तानको राजधानी काबुलमा भेटवार्ता भएको छ ।

उनीहरुबीच त्यस भेटका क्रममा अफगानिस्तानमा अशान्ति मच्चाइरहेका तालिबानहरुका विषयमा कुराकानी भएको थियो । तालिबानहरुसँग शान्ति वार्ता गर्ने विषयमा पनि सो कुराकानी भएको बताइएको छ ।

सो वार्ताका क्रममा अफगानिस्तानका राष्ट्रपति घानी र अमेरिकी रक्षामन्त्री अस्टिनले अफगानिस्तानमा ताबिलानहरुले गरिरहेका हिंसाका बारेमा चिन्ता व्यक्त गरेका थिए ।

अमेरिकी रक्षामन्त्री अस्टिन आइतबार बिहान अफगानिस्तान पुगेका थिए । उनले सो वार्ताका क्रममा अमेरिका अफगानिस्तान सरकार र तालिबानबीच शान्ति वार्ताका लागि सहजीकरण गर्ने काममा तयार रहेको धारणा राखेका थिए ।

अफगानिस्तान सरकार र तालिबानबीच गत वर्षदेखि नै शान्ति वार्ता शुरु भएको भनिएको भए पनि अहिले त्यसले निरन्तरता पाउन सकिरहेको छैन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू