बिहीबार, वैशाख १३, २०८१
15:15 | २०:००

कोरोनाका कारण विदेशमा मृत्यु हुने नेपालीको संख्या ३४२ पुग्यो

 साउदी अरबमा एक नेपालीको निधन

नेपाली लिङ्क मार्च २१, २०२१

लण्डन । कोरोना संक्रमणका कारण विदेशमा ज्यान गुमाउने नेपालीको संख्या ३४२ पुगेको छ । संक्रमणका कारण योसाता विदेशमा थप एक नेपालीको निधन भएको छ ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिद्वारा सार्वजनिक तथ्याँक अनुसार यो साता साउदी अरबमा एकजना नेपालीको संक्रमणका कारण निधन भएको हो ।

योसंगै महामारी शुरु भएयता २१ देशमा रहेका ३ सय ४२ जना नेपालीको निधन भइसकेको छ  ।

गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका  संयोजक डा सन्जिव सापकोटाका अनुसार यो साता जापान, भारत, साउदी अरब, कतार, युएई, नर्वे, बेल्जियम र साउथ अफ्रिकामा रहेका नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ ।

सापकोटाका अनुसार हालसम्म ५३ देशमा ६३ हजार ६ सय २९ जना नेपालीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमध्ये ६१ हजार ७ सय ७३ जना संक्रमणमुक्त भएका छन् । विदेशमा संक्रमणमुक्त हुने दर ९६ दशमलव ८ प्रतिशत रहेको समितिले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू