शनिबार, वैशाख ८, २०८१
14:11 | १८:५६

श्रीलङ्कामा बस दुर्घटनामा कम्तीमा १४ को मृत्यु, ३० बढी घाइते 

रासस-सिन्ह्वा मार्च २०, २०२१

कोलम्बो । श्रीलङ्काको पासारामा शनिबार बस दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको अधिकारीहरूले पुष्टि गरेका छन् । राजधानी कोलम्बोबाट करिब ३५७ किलोमिटर टाढा मोनेरागला–बडुल्ला सडक क्षेत्रमा गुडिरहेको बस भीरबाट खसी भएको दुर्घटनामा कम्तीमा १४ जनाको मृत्यु भएको छ । बसमा यात्रारत ३० व्यक्ति सख्त घाइते भएका छन् ।

प्रत्यक्षदर्शी घाइते यात्रुका अनुसार चालकको लापर्बाहीका कारण बस दुर्घटना भएको हो । मृत्यु हुनेहरूमा चालकसहित नौजना पुरूष र पाँच महिला रहेका अधिकारीहरूले बताएका छन् ।

घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ भने घाइते सबैको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । श्रीलङ्कामा कमजोर सडक संरचना, पूराना सवारी साधन, चालकको लापर्बाही र क्षमताभन्दा अत्यधिक बढी भार लिएर सवारी चलाइने गर्दा बर्षेनी सयौँ व्यक्तिले अकालमा ज्यान गुमाउने गर्छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू