शनिबार, साउन १२, २०८१
02:37 | ०७:२२

श्रीलंकामा चिनियाँ खोपलाई अनुमति

रासस-सिन्ह्वा मार्च २०, २०२१

कोलम्बो । श्रीलंकामा पनि चिनियाँ खोप प्रयोगका लागि शनिबार अनुमति दिइएको छ । श्रीलंकाको राष्ट्रिय चिकित्सा नियमक निकायले चीनमा विकास र उत्पादन गरिएको सिनोफार्म खोपलाई प्रयोगका लागि अनुमति दिएको हो ।

यो खोप आपत्कालिन अवस्थामा मात्रै प्रयोग गर्न सकिने भनेर अनुमति दिइएको अधिकारीहरुले जनाएका छन् ।

नियमक निकायले अनुमति दिएकाले अव त्यसको आपूर्ति तथा व्यवस्थापनको काम अगाडि बढाइने श्रीलंकाका उत्पादन, आपूर्ति तथा नियमन राज्यमन्त्री चन्ना जयसुमनले जानकारी दिए । 

श्रीलंकामा प्रयोगका लागि अनुमति पाउनेमा सिनोफार्म तेस्रो खोप हो । यसअघि अस्ट्राजेनिका र स्पुटनिक भीले अनुमति पाएका थिए । 

श्रीलंकाले अहिले खोप अभियान व्यापक रुपमा चलाइरहेको छ । गत फेब्रुअरी मध्यदेखि सुरु भएको खोप अभियान अन्तर्गत सबैभन्दा पहिला अग्रपंक्तिमा खटिएकाहरुलाई खोप लगाइएको थियो । उनीहरुलाई अस्ट्राजेनिका खोप लगाइएको हो । 

अस्ट्राजेनिकाको खोप श्रीलंकाले भारतबाट ल्याएको हो । गत जनवरी र फेब्रुअरीमा खोप ल्याइएको थियो । विश्व स्वास्थ्य संगठनको कोभ्याक्स सुविधाअन्तर्गत दुई लाख ६४ हजार मात्रा खोप श्रीलंकाले पाएको छ । अहिले ६० वर्षभन्दा बढी उमेरका नागरिकलाई खोप लगाउन थालिएको अधिकारीहरुले जनाएका छन् । 

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू