मंगलबार, वैशाख ११, २०८१
17:50 | २२:३५

तान्जानियाको पहिलो महिला राष्ट्रपति बनिन् सामिआ

रासस-सिन्ह्वा मार्च १९, २०२१


दारेसलाम ६ चैत– तान्जानियामा सामिआ सुलुह हसन पहिलो महिला राष्ट्रपति भएकी छन् । राजधानी दारेसलाममा सेनाको परेडबीच हसनले शुक्रबार राष्ट्रपति पदमा सपथग्रहण गरेकी छन् ।

तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा गत बुधबार निधन भएपछि हसन राष्ट्रपति भएकी हुन् । तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधबार राति मृत्यु भएपछि उपराष्ट्रपति समिआ सुलुह हसन राष्ट्रपति बनेकी हुन् ।

हसनले इमानदार भइ व्यवहार गर्ने र तान्जानियाको संविधानको रक्षा गर्ने वचन दिएकी छन् । संविधानअन्तर्गत हसनले मगुफुलीको दोस्रो– चरणको बाँकीे अवधिमा काम गर्ने छिन् । सो अवधि सन् २०२५ सम्म रहनेछ ।

पूर्व राष्ट्रपति जोन मगुफुली सन् २०१५ मा पहिलो पटक राष्ट्रपति निर्वाचित भएका थिए । गत वर्षको चुनावपछि उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।

तान्जनियाको संविधानअनुसार राष्ट्रपतिको पाँचवर्षे कार्यकाल हुन्छ । अब बाँकी समय उपराष्ट्रपतिले राष्ट्रपति भएर काम गर्नेछिन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू