शुक्रबार, वैशाख १४, २०८१
15:49 | २०:३४

एटलान्टामा ८ जनाको हत्या गर्ने युवा ‘यौन दुर्व्यसनी’

रासस/एएफपी मार्च १८, २०२१

घट्नास्थलमा श्रद्धाञ्जली अर्पण गरिंदै । तस्बिर एपी

एटलान्टा, ५ चैत– अमेरिकाको एट्लान्टास्थित मसाज पार्लरमा गोली प्रहार गरी आठ जनाको हत्या गरेको आरोपमा पक्राउ परेका सन्दिग्ध आक्रमणकारीविरुद्ध हत्याको अभियोग लगाइएको छ ।

अमेरिकी समय अनुसार गत मङ्गलबार भएको उक्त आक्रमणमा ज्यान गुमाउने मानिसमध्ये एशियाली मूलका छ महिला थिए ।

अहिलेसम्म आठ जनामध्ये चार जनाको सनाखत भएको बताइएको छ । उक्त आक्रमण जातीय भावनाबाट उत्प्रेरित थियो कि थिएन भनेर प्रहरीले पुष्टि गर्न सकेको छैन् ।

सन्दिग्ध आक्रमणकारीलाई विभिन्न हत्या र साङ्घातिक आक्रमणको अभियोग लगाइएको छ । प्रहरीले उनको नाम रोबर्ट आरोन लङ भएको बताएको छ ।

स्थानीय प्रहरी अधिकारीका अनुसार लङले आफू ‘यौन दुर्व्यसन’ मा परेको दाबी गरेका छन् । उनबाट एउटा ह्यान्डगन बरामद गरिएको थियो भने पक्राउ गर्दा उनले प्रतिरोध गरेका थिएनन् ।

कतैकतै मसाज पार्लरमा यौन व्यापार हुने गरेको छ । तर स्थानीय अधिकारीहरूका अनुसार आक्रमण भएको स्थानमा त्यस्तो कुराको कुनै सङ्केत नदेखिएको बताइएको छ ।

आक्रमणपछि अमेरिकामा बस्ने एशियाली समुदायमा क्षोभ र आक्रोश देखिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू