शुक्रबार, चैत १६, २०८०
23:01 | ०४:४६

टोकियो क्षेत्रमा सङ्कटकाल अन्त्य गर्ने तयारी  

रासस-सिन्ह्वा मार्च १८, २०२१

टोकियो । जापानको राजधानी टोकियो क्षेत्रमा लगाइएको सङ्कटकाल अन्त्य गर्न विज्ञहरूले सिफारिस गरेका छन् ।

रोग सङ्क्रमणसम्वन्धी विज्ञहरू र यससम्वन्धी सरकारी अधिकारीहरूबीच भएको छलफलका क्रममा विज्ञहरूले सङ्कटकाल हटाउनु उपयुक्त हुने निष्कर्ष सुनाएका हुन् ।

कोरोनाभाइरस महामारीको पछिल्लो अवस्थालाई हेरेर सङ्कटकाल हटाउनु पर्ने निष्कर्षमा बिहीबार उनीहरू पुगेका हुन् ।

उनीहरूको निष्कर्ष र सिफारिसका आधारमा जापानी प्रधानमन्त्रीले आइतबारदेखि लागू हुनेगरी सङ्कटकाल अन्त्य भएको घोषणा गर्ने तयारी भएको जापानी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

“रोग सङ्क्रमणसम्वन्धी विज्ञ, सरकारी अधिकारी र सरोकारवालाहरुले महामारीको पछिल्लो अवस्थालाई विश्लेषण गरेर सङ्कटकाल हटाउनु उपयुक्त हुने सुझाव दिएका छन्, त्यसैले सरकार सङ्कटकाल अन्त्य गर्ने निष्कर्षमा पुगेको छ,” कोरोना महामारी नियन्त्रण तथा व्यवस्थापन प्रमुख मन्त्री यासुतोशी निशिमुराले भने ।

सङ्कटकाल फिर्ता गर्नेसम्वन्धी पर्याप्त जानकारी अहिलेसम्म नदिइएको र यसलाई पत्रकार सम्मेलन गरेर सरकारी अधिकारीहरुले सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू