शुक्रबार, वैशाख १४, २०८१
09:22 | १४:०७

रुसी विदेशमन्त्रीले चीनको भ्रमण गर्ने

रासस–सिन्ह्वा मार्च १८, २०२१

बेइजिङ । रुसका विदेशमन्त्री सर्गेई लाभरोभले यही मार्च २२ र २३ तारिखमा चीनको भ्रमण गर्ने भएका छन् ।

चिनियाँ स्टेट काउन्सिलर एवं विदेश मन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा रुसी विदेशमन्त्री लाभरोभ चीन जान लागेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियानले बिहीबार घोषणा गरे ।

पछिल्लो समय रुस र चीनबीचको सम्बन्ध थप सुदृढ हुँदै गएको छ ।

कतिपय विश्व मामिलामा राष्ट्रसंघमार्फत रुस र चीनले समान धारणा अघि सार्ने गरेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू