शुक्रबार, चैत १६, २०८०
10:18 | १६:०३

अमेरिकामा ट्रकको ठक्करबाट नेपालीको मृत्‍यु

नेपाली लिङ्क मार्च १७, २०२१


न्यूयोर्क । न्यूयोर्कमा बस्दै आएका एक नेपालीको ट्रकको ठक्करबाट मृत्‍यु भएको छ ।

न्यूयोर्क ज्याक्सनहाइट निवासी उत्तम शर्माको न्यूजर्सीको इस्ट ब्रन्सवीकमा गाडीको ठक्करबाट मृत्‍यु भएको हो ।

मंगलबार ट्रकले हानेर एकजना व्यक्ति अचेत भएको खबर पाएपछि अधिकारीहरु न्यूजर्सीको इस्ट ब्रन्सवीकको १९ ए कटेज लेनमा पुगेका थिए । शर्मालाई घटनास्थलमा नै मृत घोषणा गरिएको थियो ।

गाडी चलाउने ३९ वर्षीया किम्बर्ली होल्म्सविरुद्ध अभियोग दर्ता गराइएको छ । ती महिलाले खारेज भएको लाइसेन्सले ट्रक चलाएको पुष्टि भएको छ । 

उनीविरुद्ध खारेज भएको लाइसेन्सले गाडी चलाउँदा व्यक्तिको मृत्यु भएको थर्ड डिग्री अभियोग दर्ता गरिएको छ ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू