शुक्रबार, वैशाख १४, २०८१
01:47 | ०६:३२

श्रीलङ्कामा आठ लाख बढीले लगाए कोरोना खोप 

रासस-सिन्ह्वा मार्च १७, २०२१

कोलम्बो । श्रीलङ्कामा अहिलेसम्म कोरोना भाइरसविरुद्धको खोप आठ लाखभन्दा बढीले लगाएका छन् । स्वास्थ्य अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार फेब्रुअरीको प्रारम्भदेखि अस्ट्राजेनिका खोप लगाउन थालिएको हो ।

खोप अभियान सुरु गर्दा सबैभन्दा पहिला अग्रपङ्क्तिमा रहेर काम गरेकाहरुलाई खोप लगाउने व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अघिल्लो हप्ताको अन्त्यतिरदेखि ६० वर्षभन्दा बढी उमेरका वृद्धवृद्धालाई खोप लगाउने व्यवस्था गरिएको छ ।

खोप लगाउने वृद्धवृद्धाको दैनिक सङ्ख्या वृद्धि हुँदै आएको पनि स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । कोरोनाभाइरसबाट सङ्क्रमित भएकामध्ये श्रीलङ्कामा अहिलेसम्म ५३४ जनाको मृत्यु भएको मन्त्रालयको तथ्याङ्क छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू