बुधबार, वैशाख १२, २०८१
05:26 | १०:११

पत्रकार महासंघको निर्वाचन चैत २५ गते

रासस मार्च १७, २०२१

काठमाडौं । नेपाल पत्रकार महासंघको निर्वाचन यही चैत २५ गते हुने भएको छ ।

महासंघका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको बुधबार सम्पन्न बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने निर्णय गरेको सचिव प्रकाश थापाले जानकारी दिए ।

महासंघको संशोधित विधानानुसार केन्द्रीय साधारणसभा गत फागुन ४ र ५ गते सम्पन्न भइसकेको छ ।

चैत ७ गते सबै तहको निर्वाचन कार्यतालिका प्रकाशन हुने महासंघले जनाएको छ । निर्वाचनको मिति तय भएसँगै आजैदेखि पत्रकार कपिल काफ्लेको संयोजकत्वमा गठित निर्वाचन समितिले काम अघि बढाउने जनाइएको छ ।

समितिका सदस्यमा अधिवक्ता अरुण पौडेल, कपिलचन्द्र पोखरेल, कृष्णमाया भुसाल, हरेन्द्र राई र देवेन्द्र झा तथा सदस्य सचिवमा भक्तिराम घिमिरे छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू