शुक्रबार, चैत १६, २०८०
11:36 | १७:२१

अमेरिकाबाट फर्केर पिज्जा व्यापार

नेपाली लिङ्क मार्च १५, २०२१

काठमाडौं । अमेरिकाको नेब्रास्कास्थित बेल्लेभ्यू युनिभर्सिटीमा अध्ययन पश्च्यात रुजा रन्जित नेपाल फर्किइन् र बैंकमा काम गर्न थालिन् । बैंकमा काम गर्दा गर्दै उनलाई व्यवसाय गर्न मन लाग्यो । त्यसपछि आफ्नी भाउजु प्रबिना रन्जितसँग मिलेर करिब एक बर्ष अगाडी पिज्जा ब्यापारमा होमिइन् ।

हाल उनले सञ्चालन गरेको ‘द पिज्जा फ्याक्टर’ ले काठमाडौं रिङरोडभित्र पिज्जाको होम डेलिभरी गरेर राम्रो व्यापार गर्न थालेको छ । 

अर्डर गरेको एक घण्टाभित्र घरैमा डेलिभरी गरिदिने यो पिज्जा रिङरोड बाहिर जानु परे अतिरिक्त एक सय रुपैयां लाग्ने रुजा बताउँछिन्   

कम्पनीको वेबसाइट https://thepizzafactor.com.np/ मा डेबिट वा क्रेडिट कार्ड प्रयोग गरेर विदेशमा बस्नेहरुले आफ्ना परिवार र साथीलाई पिज्जा उपहार पनि दिन सक्ने रुजाले बताइन् । 

कर्पोरेट सोसल रेस्पोन्सेबिलिटी अनुसार कम्पनीले गरिब बाल बालिकाहरुलाई एक दिन निशुल्क पिज्जा खुवाउने कार्यक्रम पनि गरेको छ । यदि कसैले यस्तो कार्यक्रममा सहयोग गर्न चाहन्छ भने कम्पनीले हरेक दश पिज्जामा एउटा पिज्जा निशुल्क प्रदान गर्ने जनाएको छ ।  

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू