शुक्रबार, चैत १६, २०८०
22:46 | ०४:३१

शोक प्रस्ताव पारित गर्दै सकियो संसद बैठक

रासस मार्च १०, २०२१


काठमाडौं । प्रतिनिधिसभाको बुधबारको बैठकले विभिन्न मितिमा निधन भएका पूर्व तथा वर्तमान सांसदको शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले पूर्व तथा हालका १४ सांसदको निधनप्रति शोक प्रस्ताव प्रस्तुत गरेकोमा सर्वसम्मतिले पारित भएको हो ।

दिवंगत सांसदको आत्माको चिरशान्तिको कामना गर्दै बैठकमा एक मिनेट मौन धारणसमेत गरिएको थियो ।

बैठकले प्रतिनिधिसभा सदस्य सानु शिवा र सूर्यबहादुर केसी तथा पूर्व सांसद दीपकबहादुर गुरुङ, डा राममान श्रेष्ठ, मानपुर चौधरी, वीरबहादुर लामा, ओमकारप्रसाद गौचन, इन्द्रहाङ लिम्बू, भीमप्रसाद गौतम, कमानसिंह लामा, गङ्गादत्त जोशी, एकनाथ रानाभाट, कुबेरप्रसाद शर्मा र डा शंकरप्रसाद उप्रेतीको निधनप्रति शोक प्रस्ताव पारित गरेको हो ।

सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापना गर्ने निर्णय गरेपछि पहिलो बैठक यही फागुन २३ गते बसेको थियो ।

पहिलो बैठक अवरुद्ध भएपछि सूचना टाँस गरी बुधबारका लागि बोलाइएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आगामी चैत ३ गते अपराह्न १ बजे बस्ने भएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू