शुक्रबार, चैत १६, २०८०
08:57 | १४:४२

ट्यूनिसियामा भएको डुङ्गा दुर्घटनामा १४ को मृत्यु, १३९ घाइते

रासस-एएफपी मार्च ९, २०२१

ट्युनिस । ट्यूनिसियाको सामुद्रिक क्षेत्रमा भएको एक डुङ्गा दुर्घटनामा कम्तीमा १४ आप्रबासीको मृत्यु भएको ट्यूनिसियाली राष्ट्रिय सुरक्षा गार्डले बताएका छन् ।

अत्यधिक भार बोकेका कारण समुद्रमा डुङ्गाले सन्तुलन गुमाई डुबेका कारण कम्तीमा १४ जनाको मृत्यु भएको र १३९ जना घाइते भएका र ती सबै आप्रबासी भएको ट्यूनिसियाली सुरक्षा अधिकारीले पुष्टि गरे ।

गार्डका प्रवक्ता ह्युसेम एडिन जबालीका अनुसार डुङ्गाले सोमबार राति अफ्रिकी साहारा क्षेत्रबाट छुटेको र डुङ्गामा गरिबी र द्वन्द्वका कारण विभिन्न अफ्रिकी मुलुकबाट गैर–कानुनी रूपमा यूरोप छिर्न हिँडेका अफ्रिकी आप्रबासी शरणार्थीहरू रहेका थिए ।

सुरक्षा निकायले घाइतेको उद्धार गर्न तत्काल सामुद्रिक तटमा खटी देखाएको मानवीय सहयोगका कारण धेरै व्यक्तिहरूको ज्यान जोगाउन सफल भएको उनले बताए ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू