शनिबार, साउन १२, २०८१
06:12 | १०:५७

चीनले अरब लिगलाई कोभिड खोप उपलब्ध गरायो

रासस–सिन्ह्वा मार्च ६, २०२१


कायरो २२ फागुन– चीनले अरब लिगलाई कोभिड १९ का विरुद्धको खोप उपलब्ध गराएको छ । बिहीबार चीन सरकारले अरब लिगलाई सिनोफार्म कम्पनीले निर्माण गरेको कोभिड–१९ विरुद्धको खोप अरब लिगको सचिवालयमा उपलब्ध गराएको हो ।

इजिप्टको कायरोमा रहेको अरब लिगको सचिवालयमा लगेर इजिप्टका लागि चिनियाँ राजदूतले सो खोप उपलब्ध गराएको प्राप्त समाचारमा जनाएको छ । इजिप्टका लागि चिनियाँ राजदूत लियो लिकियाङले सो कुराको जानकारी गराएका हुन् ।

त्यस अवसरमा उनले खोप उपलब्ध गराएसँगै यसबाट चीन र अरेबियाली देशहरुका बीचको सम्बन्धमा नयाँ आयाम थपिने पनि उल्लेख गरे । उनले यो अवस्थाले चीन र अरब विश्वको सम्बन्ध आगामी दिनमा थप बलियो बन्दै जाने धारणा पनि राखे । उनले बहिरी विश्वमा जे जस्तोसुकै राजनीतिक अवस्था भए पनि चीन र अरब विश्वका देशहरुबीचको सम्बन्ध राम्रो रहेको धारणा राखे ।

इजिप्टमा रहेको अरब लिगको सचिवालयमा एक विशेष समारोह आयोजना गरेर खोप हस्तान्तरण कार्यक्रम आयोजना गरिएको थियो । चीनले यसअघि पनि अरबका विभिन्न देशलाई सिनोफार्म कम्पनीको खोप उपलब्ध गराएको थियो ।

चीनले यसअघि पनि कोभिडको संक्रमणको शुरुआतका समयमा पनि कतिपय अरब देशहरुलाई स्वास्थ्य सामग्रीहरु उपलब्ध गराएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू