बिहीबार, वैशाख १३, २०८१
12:47 | १७:३२

नेपालमा थप १२० जना संक्रमित, शून्य मृत्यु

आजदेखि दैनिक प्रेस ब्रिफिङ शुरु

रासस मार्च ५, २०२१

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज थप १२० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनाएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमितको सङ्ख्या दुई लाख ७४ हजार ६०८ पुगेको छ ।

थप ६ हजार १४३ जनाको पीसीआर परीक्षण गरिएको थियो । हालसम्म पीसीआर परीक्षण गराउनेको संख्या २१ लाख ८५ हजार १९० जना पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म दुई लाख ७० हजार ७६६ कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर ८३ संक्रमित निको भएर घर फर्किएका छन् । हाल देशभर ८३२ सक्रिय संक्रमित रहेका छन् ।

शून्य मृत्यु

नेपालमा कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घण्टामा कोही पनि मृत्यु भएको छैन । हालसम्म कोरोना भाइरसको संक्रमणबाट तीन हजार १० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले कोरोनाविरुद्धको खोप अभियानलाई ध्यानमा राख्दै अबदेखि दैनिक यसबारे जानकारी गराउने भएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आइतबारदेखि सुरु गरिने खोप अभियानलाई ध्यानमा राख्दै मन्त्रायलले आजदेखि दैनिक प्रेस ब्रिफिङ गर्न थालेको हो ।

यसअघि सातामा दुई पटक आइतबार र बुधबार मात्र मन्त्रालयले प्रेस ब्रिफिङ गर्दै आएको थियो ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू