शनिबार, वैशाख १५, २०८१
22:12 | ०२:५७

अफगानिस्तानको हवाई कारबाहीमा २३ लडाकू मारिए   

रासस -सिन्ह्वा मार्च ४, २०२१

फाइल तस्बिर सिन्हा

मैमाना, अफगानिस्तान–अफगानिस्तानको उत्तरी प्रान्त फर्याबको काइसार र आल्मार जिल्लामा लुकेर बसेका तालिबान लडाकूविरुद्ध सेनाले कारबाही गरेको छ । लडाकू विमानद्धारा गरिएको उक्त कारबाहीमा परी कम्तीमा २३ तालिबान लडाकू मारिएका उत्तरी क्षेत्रका सेनाका प्रवक्ता मोहमद हानीफ रेजाई बिहीबार बताए ।

कारबाहीको क्रममा तालिबानतर्फका अन्य सात लडाकू घाइते भएका छन् । फर्याब प्रान्तमा सक्रिय रहेका तालिबान लडाकू समूहले यस विषयमा कुनै टिप्पणी गरेका छैनन् ।

प्रतिक्रियाहरू

सम्बन्धित सामग्रीहरू