यौन प्रकरणमा मन्त्रीद्वारा राजीनामा


बेङ्लोर, १९ फागुन– भारतको कर्नाटक राज्यका मन्त्री रमेश जर्किहोलीले बुधबार पदबाट राजीनामा दिएका छन् ।
आफूविरुद्ध यौन दुराचारसम्बन्धी मुद्दा दर्ता भएपछि पदबाट राजीनामा दिन उनी बाध्य भएका हुन् ।
उनको राजीनामा स्वीकृत गर्नका लागि कर्नाटक राज्यका मुख्यमन्त्रीले राज्यपाल भाजुभाइ भालालाई सिफारिस गरेका छन् । जर्किहोलीले जलस्रोत मन्त्रालयको जिम्मेवारी सम्हाल्दै आएका थिए ।
उनले दिएको राजीनामा पत्रमा घटनाका बारेमा निष्पक्ष छानबिन गरेर सत्य तथ्य सार्वजनिक गर्न माग गरिएको छ । तर अहिलेलाई भने आफूले नैतिकताका आधारमा राजीनामा दिएकाले स्वीकृत गर्न पनि उनले अनुरोध गरेका छन् ।
कर्नाटकका अर्का मन्त्री जगदिश शेत्तारले पनि जर्किहोलीले राजीनामा दिएको पुष्टि गर्दै मङ्गलबार उनका विरुद्धमा मुद्दा परेकाले बुधबार राजीनामा दिएको उल्लेख गरे ।
घटनापछि आमनागरिक पक्ष र विपक्षमा विभाजित भएका छन् । प्रहरी अधिकारीहरूले अनुसन्धान अगाडि बढाइसकिएको बताएका छन् ।
सम्बन्धित सामग्रीहरू
हाम्रो सिफारिस

बेलायतको पृथक नेपाली संस्था जसको प्राथमिकता छ पुस्तान्तरण, च्यारिटी र वेलबिइङ (भिडियो)
- १
- २
- ३
- ४
- ५